काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिव २८ वर्ष देखि बाल अधिकारबाट बन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई एक लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
काठमाडौं । शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई विगतमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै, यस वर्ष पनि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । सरकारले लकडाउन खुला बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ ।
काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेनस्मोकर्स’ को साथमा सहकार्य गरि देशभरका संगीतप्रेमीहरुलाई नयाँ संगीत पेश गरिनेछ ।
काठमाडौं । ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.ले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ ।