सामसङको दही बनाउने रेफ्रिजेनेरेटर ‘कर्ड मेइसट्रो टिएम’ नेपालमा |
काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपालीबजारमा दही बनाउने ‘‘कर्ड मेइसट्रो टिएम’’ रेफ्रिजेनेरेटर नेपाली बजारमा ल्याएको छ। यसले खानेकुरालाई सुरक्षित मात्र नराखी खानेकुरा तयार समेत गर्ने कम्पनीले बताएकाे छ ।
यसबाट ग्राहकले दैनिकरुपमा आफ्नो आवश्यकताअनुसार दही आफैले घरैमा बनाउन सक्छन् । यो सामसङको एक नयाँ प्रविधि हो। नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्रीबितरण गरिएका कम्पनीले बताएको छ ।
यसले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ। यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ ।
यसबाट कन्टेनरलाई झिकेर त्यसमा मनतातो दुध राख्ने । त्यसमा थोरै कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरमा राख्ने । यसपछि कर्ड अप्सनलाई छनोट गर्ने ।
यो रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ ।
कम्पनीकाअनुसार यसले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सघाउँछ । रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध छ ।
यो नेपालअधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापारमा उपलब्ध रहेको छ । यसका मोडेलहरु ६३ हजार ९ सय ९० देखि रु ७८ हजार, ९ सय ९० रूपैयाँसम्ममा उपलब्ध हुने कम्पनीले बताएको छ ।


