राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमा घर कर्जा दिने |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले घर कर्जा अफर ल्याएको छ । बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा घर किन्न,नयाँ घर निर्माण गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थामा भएको ऋण सार्नका दिने जानकारी दिएको छ ।
तर यस्तो ऋण १ करोड ५० लाखसम्ममात्र हुने छ। यसरी लिएको ऋणको अवधि बढीमा २० वर्षको हुने बैंकले जानकारी दिएको छ ।
ऋणका लागि आवेदन दिएको ७ कार्यदिनभित्र स्वीकृती वा अस्वीकृतिको जानकारी दिइने बैंकले बताएको छ। यसरी लिएको ऋणको ब्याजदर एक वर्षसम्म स्थिर हुने छ ।
पछिल्लो समय बैंकहरुले घर कर्जाको व्याजदरमा प्रतिस्पर्धा गरिरहेका छन्। यही दौडमा राष्ट्रिय वाणिज्य बैंकले पनि न्युन ब्याजदरमा घर कर्जा दिने योजना ल्याएको हो ।


