काठमाडौं । एभरेष्ट बैंकले होटल अलफ्ट ठमेलसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल अलफ्ट ठमेल एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाइनका लागि प्रख्यात रहेको छ ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
माउन्टेन ड्युले पब्जी मोबाइलसँग विश्वव्यापी साझेदारी गरेको छ । यसअनुसार माउण्टेन ड्युले इस्पोर्ट्समा समावेश भएकालाई खेल मैदानमा जिताउन सघाउने प्रतिवद्धता गरेको छ ।
काठमाडौं । सिभिल बैंकले किसानहरुको लागि ‘किसान समृद्धि कार्ड’ सुविधा संचालनमा ल्याएको छ । योजनाअन्तर्गत किसानले कुनै फम दर्ता नगरेको भएपनि ऋण सुविधा लिन सक्नेछन् ।
काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।
काठमाडौं । साना र मध्यम आकारका उद्यमहरूलाइ (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजारभन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए । ति मध्ये२१०० भन्दा बढी एसएमईहरु दराजमार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन् भने अरु सन्चालनमा आउने प्रक्रियामा छन् ।
काठमाडौं । क्यासवे मनी ट्रान्स्फर र नेपाल क्लियरिङ हाउसबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ‘नेशनल पेमेन्ट्स इन्टरफेस’को प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधैं लाभग्राहीको बैंक खातामा जम्मा हुन्छ ।