कुमारी बैंकका ग्राहकलाई क्वारेन्टाइन बसाईमा सहुलियत |
काठमाडौं । कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल रिसोर्ट एंड स्पा अन्तर्गतका नारायणहिटी, पोखरा र चितवनका चार तारे होटेलहरूमा क्वारेन्टाइन बसाइको कूल बिल रकममा ८ प्रतिशत सम्मको छुट दिइने भएको छ । यसैगरी, काठमाडौंको लाजिम्पाटस्थित पाँच तारे होटेल साङ्ग्री—ला मा पनि क्वारेन्टाइन अन्तर्गतको होटेल बसाइको कूल बिल रकममा ५ प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।
उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्र्कका तर्फबाट सी एन पाण्डेले हस्ताक्षर गरेका छन् ।
दिनानुदिन बढ्दै गईरहेको कोभिड—१९ को संक्रमणलाई र त्यसले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै क्वारेन्टाइनबसाईमा आफ्ना ग्राहकवर्गलाई सहुलियत पु¥याउनका निमित्त सो सम्झौता गरिएको बैंकका पधादिकारीले जनाएका छन्।

