काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।
काठमाडौं । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।
काठमाडौं । एनएमबि बैंकले कर्पोरेट क्रेडिट कार्ड जारी गर्ने पहिलो नेपाली बैंकको रुपमा प्राथमिकता तय गरेको छ । बैंकले एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी हुनेछ ।
काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर संचालन गर्दै आएको छ । यसै अफरलाई डिशहोमले दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिइएको जनाएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट डेबिट कार्ड लिँदा पिनको जानकारी आफ्नो मोबाइलमा पाउन सक्नेछन् ।
काठमाडौं । आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै यति एयरलाइन्सले ‘टुर प्याकेज’ सार्वजनिक गरेको छ । ६ महिनादेखि बन्द भएको आन्तरिक उडान खुलेकै दिन सोमबार एयरलाइन्सले विभिन्न गन्तव्यका लागि १६ वटा प्याकेज सार्वजनिक गरेको हो ।
काठमाडौं । अचेल कसैलाई रमाइलो मेसेज गर्नु परेमा हामी शब्द ‘मेसेज’ मात्र पठाउँदैनौ । मेसेजसँगै जोडिन्छन् इमोजीहरु । पछिल्लो समय शब्द मेसेज भन्दा इमोजी बढी चल्तीमा छ । आफूलाई लागेको कुरा वा भाव हामी इमोजीमार्फत पोख्छौं ।