काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक १३ गतेदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।
काठमाडौं । २४ कम्पनीको साढे १७ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आइपिओ) गर्ने भएका छन् । आइपिओ निष्कासनका लागि २४ कम्पनीले मध्ये १५ कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिइसकेकाले स्वीकृतको पखाईमा छन् भने बाँकी ९ कम्पनीले पनि आइपिओ निष्कासनका लागि निवेदन दिने तयारीमा रहेका छन् ।
काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।
काठमाडौं । पोखरा फाइनान्सले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो २२ औं शाखा हो । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले ग्राहक सेवा विस्तारका निमित्त विभिन्न जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गर्ने कार्य अघि बढाएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुक भरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौंको मुटु असनमा आजदेखि असन शाखा संचालनमा ल्याएको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडाैं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ ।