काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तकाबीच गाभ्ने∕गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोवार सुरू भएको छ ।
काठमाडौं । अनलाइन मार्फत विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी प्रयोजनको लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ । केन्द्रिय बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत सटही गर्न सकिने व्यवस्था गरेको हो ।
काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै छ ।
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सहकारीमार्फत महिला आपसमा मिलेर टोल टोलमा उद्यमशीलता तथा उत्पादन बृद्धिको कार्य गरीरहेको भन्दै खुसी व्यक्त गरेकी छन् ।
काठमाडौं । मोबाइल ब्रान्ड शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन)का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
काठमाडौं । गैडाकोट नगरपालिका वडा नं. ४ मा अवस्थित एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रा.लि. द्वारा संचालित मिनी मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले वीरगन्ज तथा रौतहटलाई केन्द्रित गरी भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) सँग छलफल गरेको छ । सो कार्यक्रम विरगंजमा चैत ६ तथा रौटहटमा चैत ७ गतेका दिन सम्पन्न भएको हो ।
काठमाडौं । सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।