काठमाडौँ । नयाँ वर्ष २०७८ लाई लक्षित गरेर सि.जीले उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामान किन्दा १० वर्षसम्म वारेन्टी ५४ हजार दुई सयसम्मको बचत लगायत उपहारहरु छन् ।
काठमाडौं । हाल संचालनमा रहेका २० मध्ये १९ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिसम्ममा २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समितिले तथ्याङ्कमा समावेश गरेको छैन ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको सेवालाई मध्यनजर गर्दै यस आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ ।
काठमाडौं । फागु पूर्णिमाको रातमा पोखरामा ‘फुलमुन बन्जी’ एड्भेन्चर्स खेल आयोजना हुने भएको छ । हाइग्राउन्ड एड्भेन्चर्स नेपालद्वारा संचालित पोखराको हेम्जामा रहेको बन्जी जम्पमा चैत्र १५ गते अर्थात् फागु पूर्णिमाको रातमा ’फुलमुन बन्जी’ हुने भएको हो ।
काठमाडौं । अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर मिडिया नाइनसँगको सहकार्यमा हायात रिजेन्सी, काठमाडौंले हायात वाउ वुमन अचिभर्स अवार्डको चौथो संस्करणको आयोजना गरेको छ ।
काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।