काठमाडौं । हाल संचालनमा रहेका २० मध्ये १९ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिसम्ममा २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समितिले तथ्याङ्कमा समावेश गरेको छैन ।