धरान । एन आई सी एशिया बैंकले धरान उप नगरपालिकामा अवस्थित भानु चोकमा रहेको तरकारी बजारमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ ।
काठमाडौं । पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जित्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका छन् ।
काठमाडौं । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स संघबीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघ अध्यक्ष भुवन कुमार दाहालबीच उक्त सहमती भएको हो ।
काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ ।
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी अँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०% सम्म छुट दिन समझदारी गरेको छ ।
काठमाडौं । नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन भएको छ । आगामी चैत २७ गतेदेखि चैत २९ गतेसम्म आयोजना हुने भनिएको उक्त प्रर्दशनी आगामी २०७८ भदौमा हुने भएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल देखि नै जीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुँचमा पु¥याइ बीमाको सचेतना बढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरूमा “विद्यार्थीसँग बीमा” कार्यक्रम गर्दै आइरहेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाटबाट अनलाइन भुक्तानी गर्न मिल्ने भएको छ ।