काठमाडौं । बुटवल नारायणघाट सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएको छ । हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यूएसडी ई–कम (डलर कार्ड) कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले सो सुविधा प्रदान गर्न लागेको हो ।
काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो ।
काठमाडौं । गोदरेज होम एप्लाएन्स नेपालले नयाँ वर्ष २०७८ को अवसरमा क्यासब्याक अफर लिएर आउँदैछ । कम्पनीले रेफ्रिजेरेटर, वासिङ्ग मेशिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड, आदिको खरिदमा क्यासब्याक अफर ल्याएको हो ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल देखि नै जीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुँचमा पु¥याइ बीमाको सचेतना बढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरूमा “विद्यार्थीसँग बीमा” कार्यक्रम गर्दै आइरहेको छ ।
काठमाडौं । आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्ट ले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो ।