काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ को फागुनमा वाणिज्य बैंकहरूले साढे छ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैंकहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिब ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैंकहरू सुरक्षित अवस्थामा छन् ।
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।
काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीयामलाई लक्षित गरी ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्याग लाइनका साथ उपभोक्ताहरूका लागि प्रवर्द्धन क्याम्पेन ल्याएको छ ।