काठमाडौं । निजी क्षेत्रकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक एटीआर–७२ विमान खरिद गर्ने भएको छ । फ्रान्स र इटालीको संयुक्त उत्पादन ७२ देखि ७८ सिटे दुई इन्जिन क्षमताको टर्वोप्रोप रिजनल एयरलाइन्स (एटीआर) विमान कम्पनीले हालसालै खरिद गर्ने भएको हो ।