फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक रिसेलर |
काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ । नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।
यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ । अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् ।
फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुनाले देशको अर्थव्यवस्थामा हानी भइरहेको छ । फेशबुकको अनौपचारिक तथ्याङ्क अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन ।
फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्याङ्क र हिसाब किताब राख्न सक्नेछ । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ ।
फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो, जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिसिनेस मेसेजेज र साउटआउटको पनि विक्रेता हो ।
कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, ‘यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि हो। हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्याउने साझेदारी ल्याउन चाहन्छौं ।’


