काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो ।
काठमाडौं । अनलाइन विजनेश सपिङ्ग पोर्टल तथा ई–वाणिज्य, होम डेलिभरी प्रदायक कम्पनीहरुको छाता संगठन ई–विजनेश एसोसिएसन नेपाल (इबान) ले निषेधाज्ञाको समयमा पनि सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न सरकारसँग माग गरेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख बीमा रकम जनही १० लाखका दरले २ जना ग्राहकलाई भुक्तानी गरेको छ ।
काठमाडौं । उपत्यकामा पहिलो पटक २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुर्याउने उद्देश्य स्वरुप लाटो कोशेरो फुड सञ्चालनमा आएको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई संचालनमा ल्याएको हो ।
काठमाडौं । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको ल्याबमा गरिएको पीसीआर परीक्षण रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि सरकारले मान्यता दिने भएको छ ।
काठमाडौं । हाल कोभिड-१९ तीव्र गतिले बढिरहेको अवस्थामा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । योसँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।