१० महिनामै भित्रियो ३२ अर्ब बढीको मोबाइल |
काठमाडौं । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक बर्षको दश महिना अर्थात बैशाखसम्म ३२ अर्ब ९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।
चालू आर्थिक बर्ष २०७७∕०७८ को दश महिनामा नेपालको स्मार्टफोन तथा मोबाइल आयातमा नयाँ रेकर्ड कायम भएको छ ।
भन्सार विभागका अनुसार बैशाखसम्म ३२ अर्बका ६३ लाख ५५ हजार २३४ सेट मोबाइल भित्रिएको छ । गत बर्ष सोहि अवधिमा १४ अर्ब ६८ लाख ९ करोड रुपैयाँका ३९ लाख ५१ हजार ओटा मोबाइल सेट आयात भएको थियो ।
यो अवधिमा सबैभन्दा बढी चीन, भारत, भियतनाम, दुबईबाट मोबाइल सेट बढी आएका छन् ।
जसमा चीनबाट मात्रै १९ अर्ब बराबरका ५२ लाख मोबाइला आयात भएको छ भने भारतबाट बैशाखसम्म ११ अर्ब रुपैयाँ बराबरका ८ लाख ह्यान्ड सेट नेपाल भित्रिएको छ ।
यी लगाएत हङ्कङ, इटाली, जर्मनी, डेनमार्क, अष्ट्रेलिया, जपान, मलेसिया लगाएत ५० बढी देशबाट नेपालमा मोबाइल आयात भएका छन् ।
चालु आवको दस महिनासम्ममा मोबाइल आयातबापत बाट मात्रै सरकारले पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिसकेको छ ।
पछिल्लो समय शहरी क्षेत्रका शैक्षिक संस्थाले पठनपाठनलाई भर्चूअल माध्ययमबाट नै पूर्णरुपमा सञ्चालन गर्दै आएका छन् । त्यस्तै गरी सम्पूर्ण अफिसियल सेमिनार लगाएतका क्रियाकलापनि अनलाइन माध्ययमबाट हुँदै आएको छ ।
६ अर्बको ल्यापटप आयात
भन्सार विभागका अनुसार चालू आर्थिक बर्ष २०७७∕७८ को बैशाखसम्म ६ अर्ब रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।
विभागका अनुसार यो अहिलेसम्मकै उच्च आयात हो । बैशाखसम्म एक लाख ८ हजारभन्दा बढी थान ल्यापटप भित्रिएका छन् ।
अघिल्लो आर्थिकबर्षमा १६ करोड ४७ लाख रुपैयाँका मात्रै ल्यापटप आयात भएका थियो ।



