काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेगरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । सोहि अनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ ।