काठमाडौँ । नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यव्रmमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ ।
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
काठमाडौं । कोभिड–१९ को संक्रमण र निषेधाज्ञालाई लक्षित गर्दै अनलाईन वस्तु खरिद तथा डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप सेवा विस्तार गरेको छ ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा संचालनमा ल्याएको छ । सो सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जुमबाट गरेका छन ।
काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) लाई नेपालमा कोरोनाबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्थाले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग गरेको हो ।