काठमाडौं । कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले २७औं वार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारवाहीमा परेको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा सनराइज बैंक कारवाहीमा परेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । सिमेन्ट उद्योग सम्बन्धी एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले सिमेन्टमा आत्मनिर्भर बन्नका लागि थप सिमेन्ट उद्योगहरु खोल्नु पर्ने आवश्यकता देखाएको हो ।
काठमाडौं । कोरोना संक्रमणलाई परास्त पार्न आवश्यक पर्ने मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउन चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले १५ दिने विशेष कार्यक्रम गर्ने भएको छ ।
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले कोरोना विरुद्ध लड्न दार्चुला जिल्ला मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान गरि कूल ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।
काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी खोल्नका लागि ५ वटा आवेदन परेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बुधबार १२ बजेपछि आवेदन लिने कार्य बन्द भएको छ ।
काठमाडौं । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् ।