केएल दुगड समूहद्वारा बसपार्क स्थित बसका मजदुरलाई खाद्यान्न राहत वितरण |
काठमाडौं । के एल दुगड समूहद्वारा बिराटनगर स्थित बिराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु बितरण गरेको छ ।
कोरोना महामारीले गर्दा बसपार्क स्थित दैनिक ज्यालादारी मजदुरहरुलाई राहत स्वरुप खाद्य सामाग्री बितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा बितरण गरिएको थियो । २४ गते मात्रै १०० जना मजदुरहरुलाई खाद्य सामाग्री बितरण गरिएको थियो ।
के एल दुगड समुहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ र उक्त कार्यक्रम २०७८ असार मसान्त सम्म रहनेछ भने नेपालगन्ज स्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ ।
उक्त सहयोगले उक्त अस्पतालमा सञ्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ । यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ र अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।


