काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भएको छ । मंगलबार संशोधित निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन नपाउने व्यवस्था गरेको हो ।