आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरी बैंकहरुले सबै शाखा खोल्न पाउने |
काठमाडौं । आज असार १ गतेदेखि बैक तथा वित्तीय संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने भएका छन् ।
केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गरेको छ ।
यसअघि बैंकहरुले केन्द्रिय कार्यलय बाहेक उपत्यकामा ५ वटा शाखा वटा र उपत्यका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गर्नु पर्ने व्यवस्था थियो ।
अब बैंक तथा वित्तीय संस्थाले ग्राहाको चाप अनुसार न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पुरा गरी शाखा सन्चालन गर्न पाउने भएका छन् । व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नु पर्ने छ ।
विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्नु समेत केन्द्रीय बैंकले आग्रह गरेका छ ।


