काठमाडौं । नबिल बैंकले असार ४ गते शुक्रबार ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द रहने जनाएको छ । बैंकले आज एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको हो ।