काठमाडौं । रोटरी क्लब बानेश्वरले गौशाला चोकमा सर्बसाधारणको जानकारीका लागि समय, तापक्रम तथा ट्राफिक सङ्केतसहितको सूचना राखेको छ । बोर्डको उद्घाटन पनि भएको छ ।
काठमाडौं । निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ ।
काठमाडौं । सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।