नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण भएको छ ।
काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ ।
बारा । जगदम्बाले सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भा प्लस (सादा जस्ता पाता)को अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री संचालनमा ल्याएको छ । उक्त फ्याक्ट्रीको कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले उद्घाटन गरेका छन् ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।
काठमाडौं । नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.-५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस-५७२ अन्तरगत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।