काठमाडौं । श्रीराम सुगर मिल्सले आफूले उखु किसानलाई तिर्न बाँकी बक्यौता नरहेको जनाएको छ । ३ करोड भूक्तानी गर्न बाँकी रहेको भन्दै साउन १४ गते दैनिक पत्रिका र अनलाइन सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उद्योगले बक्यौता तिर्न बाँकी नरहेको बताएको छ ।