काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतकाे गणित विज्ञान स्कुलमा डाटा साइन्सको पढाई शुरु हुने भएको छ । गणित विज्ञान स्कुलले नेपालमै पहिलो पटक भदौ महिना भित्रै डाटा साइन्सको पढाई शुरु गर्न लागेको हो ।
काठमाडौं । अलोफ्ट काठमाडौं ठमेल र टेडएक्स दरबारमार्ग बीच सम्झौता हस्ताक्षर भएको छ । टेड्का सबै कार्यकमहरु अलोफ्ट काठमाडौं ठमेलको सहकार्यमा मेरियट इन्टरनेशनलले गर्ने भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ ।
काठमाडौं । अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहिबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ ।
काठमाडौं । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
काठमाडौं । यही भदौ १६ गतेदेखि बुध्द एयरले पोखरा–सिमरा सिधा उडान सुरु गर्ने भएको छ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।