एशिया प्रशान्तमा क्यारियरको टार्गेट नेटवर्क विकासलाई गति दिँदै आईपीभी सिक्स |
बैंकक । आईपीभी सिक्सले एशिया प्रशान्तमा क्यारियरको टार्गेट नेटवर्क विकासलाई गति दिने भएको छ । ‘कनसोलिडेट इलास्टिक टार्गेट नेटवर्क, अनलकिङ न्यू डिजिटल भ्यालु’ थिममा संचालन भएको एशिया प्रशान्त टार्गेट नेटवर्क सम्मेलनले नेटवर्क विकासलाई गति दिने भएको हो ।
सरकारी एजेन्सी, मापदण्ड संगठन, उद्यम, क्यारियरहरु र उद्योगका प्रमुख विक्रेताहरुबाट लगभग ५ सय प्रोफेसनलहरुले ह्वावेद्वारा आयोजित सम्मेलनमा भाग लिएका थिए । सम्मेलनमा ह्वावेले इन्टेलिजेन्स टार्गेट नेटवर्क आर्किटेक्चर बारे छलफल र ट्रान्सपोर्ट नेटवर्कको भ्यालु हाइलाइट गर्न अग्रणी क्षेत्रीय अपरेटरहरू पीएलडीटी, टेलकम इन्डोनेसिया, ग्लोब र सीएमआई आदिसँग काम गरेको जानकारी दिएको थियो ।
ह्वावेमा राउटर प्रोडक्ट लाइनको अध्यक्ष ह्यांक चेनले डिजिटल रूपान्तरणको लागि आईपीभी सिक्स प्लसमा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्क निर्माण गर्ने बताए । उनले इन्टेलिजेन्स क्लाउड नेटवर्कले व्यक्ति, इन्टरप्राइजेज र घरहरूको डिजिटल विकासलाई बढावा दिने दावी समेत व्यक्त गरे ।
चेनले आईपीभी सिक्स क्षमताहरुको एप्लिकेसन डिप्लोइमेन्टको अभ्यासमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
सो सम्मेलनमा उदीयमान आईपीभी सिक्स प्लसले एशिया प्रशान्त क्षेत्रमा अधिक विकास र क्यारियरहरुको लागि स्पेस ल्याउने बारे सहभागीहरू बीच छलफल भएको थियो ।


