काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल)का लागि काठमाडौं किंग्स इलाभेनले टीम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं किंग्स इलाभेनले कप्तान सन्दीप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शादिह अफ्रिदीसहितको टीम घोषणा गरेको हो ।