एनएमबिका ग्राहकलाई सीजी इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्मको छुट |
काठमाडौं । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यसै घटस्थापनादेखि सीजी इलेक्ट्रोनिक्सका सामानको खरिदमा एनएमबि बैंकका ग्राहकले ४० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।
इलेक्ट्रोनिक्स शोरुमहरुबाट एलजी, सीजी, गोदरेज टीसीएल, सेनसेइ, केन्ट, इलिका र ब्ल्याक एन्डडेकोरका समानको खरिदमा एनएमबिको तर्फबाट २०% देखी १,५०० सम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २०% सम्मको छुट पाउन सक्नेछन ।
साथै ग्राहक तथा कर्मचारीहरुको लागि सीजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सीजी डिजिटल तथा एलजी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।
यसको लागी ग्राहकले सीजी डिजिटल तथा एलजी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।


