काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ ।
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेटस्ट्रिम सहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो ।
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ‘सर्भिस माण्डु’ र रिटेल सेवाले सहकार्य गर्ने भएका छन् । इक्यान र सर्भिस माण्डुले बजारमूल्यभन्दा सस्तोमै सेवा उपलब्ध गराउन सहकार्य गर्ने भएका हुन् ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने भएको छ ।
काठमाडौं । बडा दशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’ प्रबद्र्धन योजना ल्याएको छ ।