काठमाडौं । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सेन्चुरी बैंक खाता खल्तीसँग लिङ्क गर्ने जोकोहीले १०० रूपैयाँ बोनस प्राप्त गर्न सक्ने भएका छन्। साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।
काठमाडौं । कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा बसेर काम गरेका कर्मचारीमा समर्पित अनग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ । कम्पनीले यो कार्यक्रम महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्नेगरी सञ्चालनमा ल्याएको थियो ।
काठमाडौं। नेपाल पेमेन्ट सोलुसन्सको ‘वान लिंक’ नामक पेमेन्ट सेवा पहिलोपटक सिद्धार्थ बैंकबाट सुरु भएको छ। यो सेवा सुरु भएसँगै अब ग्राहकहरुले बिना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्ने बताइएको छ।
काठमाडौं । राजधानीमै सबैभन्दा चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ ।
काठमाडौं । प्रशान्त एसिया यात्रा संघ (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा आयोजना गरेको नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन र बीटूबी एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थान निम्ति कात्तिक ३० देखि मंसिर ५ गतेसम्म सो कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २४ औं वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट थप गहिरिएको छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्दा समेत बैंकहरुले ऋण दिन रोकेका छैनन् । बैंकहरुले धमाधम ऋण लगानी गर्दा पनि निक्षेप भने बढ्न सकेको छैन ।