इसेवा मनि ट्रान्स्फरको दिनदिनै उपहार योजनामा स्विडेनबाट पूर्ण प्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी |
काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार“ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौ ं मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका छन् । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहनु भएकाले उनका प्रतिनिधीले लिएका थिए ।
विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए । असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सर ग्राइण्डर प्रदान गरिएको थियो।
हाल इसेवामनी ट्रान्सफरको सेवा, २६ अन्तराष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनिय सहभागिता देखिएको थियो। इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामाविपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवा ग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि िवपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भ्ुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


