काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । आज (मंसिर ३) देखि काठमाडौंको हयात रिजेन्सी होटलमा शुरू १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगितामा नबिल बैंक आधिकारिक बैंकिङ पार्टनर तोकिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा प्रतियोगिता आइतबारसम्म जारी रहनेछ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले संखुवासभाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ ।
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयअनुकूल सेवा प्रदान गर्दै आईरहेको यस नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत Nabil Premium Remittance Savings Account संचालन ल्याएको छ ।
काठमाडौं । नेपालमा नेसनल पेमेन्ट स्वीच सञ्चालनको कार्यान्वयन आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकले हालै नेसनल पेमेन्ट स्वीच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई दिएसँगै यसको प्रारम्भिक शुरुवात भएको हो ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्स्टेन्सन काउण्टर जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।
काठमाडौं । एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडरमा कलाकार दीपाश्री निरौला र दीपकराज गिरी नियुक्त भएका छन् । कम्पनीले मंसिर ३ गते काठमाडौंको हयात प्लेस होटलमा एक कार्यक्रम गरी कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
काठमाडौं । आइएमईले दसैं, तिहार र छठलाई लक्षित गरेर ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् ।
काठमाडौं । शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको छ । देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्धारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले निर्माणकर्मीहरुलाई दुर्घटना बीमा गरेको हो ।