काठमाडौं । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैङ्कले आफ्ना बैंकिङ्ग सेवाहरू मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरे पश्चात् यो सेवाको सुरुवात गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आईएसओबाट मान्यता प्राप्त आईएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।
काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ ।
काठमाडौं । बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले आजबाट लैंगिक हिंसा विरुद्ध अभियान शुरु गरेको छ ।
काठमाडौं । नेपाल –युएई विजनेस काउन्सिल गठन भएको छ । बिहिबार काठमाडौं स्थितयुएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिक डाइलगको सहकार्यमा सो घोषणा कार्यक्रम आयोजना गरेका हुन्।