किरेइ कस्मे जापानको स्टोर नयाँँ बानेश्वरमा, अभिनेत्री स्वस्तिमाले गरिन् साेरूम उद्घाटन |
काठमाडाैं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेसोकुले आफ्ना स्किन केयर र सौन्दर्य सामाग्री नेपालमा उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्री उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादन नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन् ।
मेसोकु र मोमोतानीका उत्पादन विश्वका २५ देशमा बिक्री भइरहेका छन् । एक्नी केयर, स्किन केयर, मेक–अप र हेयर केयर यसका उत्पादन रहेका छन् ।
नेपालमा लाफिङ यति ट्रेडिङ प्रालिले यसलाई भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुलचोकमा जापानिज भेराइटी स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर सोरुमको उद्घाटन गरेकी थिइन् । साथै दुई ब्रान्डका उत्पादन पनि लन्च गरेकी थिइन् ।
‘हामी भविष्यमा पनि लाफिङ यति ट्रेडिङ प्रा.लि.को माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने छौं’ उद्घाटन कार्यक्रममा बोल्दै लाफिङ यति ट्रेडिङ प्रालिका प्रतिनिधि गौरव थापाले लाफिङ यति ट्रेडिङमार्फत यस्तै उपयोगी उत्पादन नेपाली बजारमा ल्याउने बताए ।




