जेसीआई काठमाडौं लेडी को ४३औ बार्षिक साधारण सभा सम्पन्न | बोर्डको अध्यक्षमा सोनी श्रेष्ठ
काठमाडौं । जेसीआइ काठमाडौँ लेडीको साधारण सभा र शाखा अधिवेशन–२०२१ कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले शुक्रबार ठमेलस्थित रहेको लुना रेस्टुरेन्टमा आफ्नो ४३औ बार्षिक साधारण सभा तथा २६ औ शाखा अधिवेशन २०२१ सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी सभापति जेसी रिन्कु बजाचार्य श्रेष्ठले महिलाको हक,हित र अधिकार सम्बन्धि आफ्ना धारणा प्रस्तुत गरेकी थिइन् भने सोहि अवसरमा संस्थाद्वारा एक वर्षको कार्यअवधिभर गरिएका आफ्ना कार्यक्रमहरुको विवरण समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा हालसम्म संस्थासंग जोडिएका र आबद्ध रहेका विशेष महिलाहरुको उपस्थिती रहेको थियो ।
सन् १९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी एक सामाजिक संस्था हो। सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापित यस संस्थाले शुरुआतीदेखि नै सामाजिक,आर्थिक तथा समय अनुरुप नेतृत्व र व्यक्तित्व बिकास आदि विभिन्न क्षेत्रहरुमा विभिन्न कार्यहरु सफलता पुर्वक सम्पन्न गर्दै आइरहेको छ।


