डिसहोम बन्यो ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड वाइ स्पोन्सर |
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको छ । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो ।
ग्राण्ड फिनालेमा ‘आईसीटी अवार्ड २०२१’ का विजेताहरूले आईसीटी अवार्ड सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड र पब्लिक च्वाइस आईसीटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।
व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, नेपाल बैंक पायोनियर आईसीटी अवार्ड र एनसेल वुमन आइकन आईसीटी अवार्ड विधाहरू रहेका छन् । संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आईसीटी अवार्ड र डिजिटल गभर्नेन्स आईसीटी अवार्ड विधाहरू समावेश छन् ।


