काठमाडौं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् ।