स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक लिमिटेडवीच सम्झौता |
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फछ्र्योटको क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको छ ।
सोमबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंकबीच एससीटी यूपीटी डेबिट कार्ड, स्मार्ट क्युआर, एससीटी एन पेजस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।
बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्स जस्ता सेवा सहजै प्राप्त गर्न सक्ने छन् ।
Visited 1 times, 1 visit(s) today


