काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं र ग्रोथ सेलर्सको भगेनी संस्था करपोरेट कल्व प्रालिले विभिन्न विधा अन्तरगत निजी क्षेत्रका उत्कृष्ट १९ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ ।
काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रालि.सँग सम्झौता गरेको छ ।
काठमाडौं । मेगा बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेट सहज रुपमा लोड गरी सेवा लिन सक्नेछन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो ।
काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि कार्ड लेस क्यास विड्रल सेवाकोे सुरुवात गरेको छ ।