एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा ८४ लाखसम्मको बीमा सुविधा |
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खातामा ८४ लाख रुपैयाँसम्मको बीमा सुबिधा दिने भएको छ । कम्पनीले पाँच वर्षसम्मको अवधिको लागि सो बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको हो ।
बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरू सार्वजनिक गरेको थियो ।
बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको हो ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।
सबै थप सुविधा/फाईदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोलि सकेका ग्राहकहरुलेसमेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउने बैंकले जनाएको छ ।
सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा क्द्य टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले अनुरोध गरेको छ ।


