निक्षेत तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच सम्झौता |
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच लघु वित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न सम्झौता भएको हो । सो सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका हुन् ।

