सिटिजन्स बैंकका कार्डबाहकलाई होटल जंगल क्राउनमा छुट |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा ८ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्था बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् ।बनेपाको पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले भैरहवाको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार सुभारम्म गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ ।
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएकोकृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब ग्राहकहरुले क्यूएफएक्सको एप/वेबका साथै खल्ती मार्फत् मुभी टिकट खरिद गर्न सक्नेछन् ।
काठमाडौं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।