आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट |
काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।
साे सम्झौताअनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउने कम्पनीले जनाएकाे छ ।
हालको निम्ति १ वर्षक लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने “डिजिटल दसैं-तिहार २०७९” क्याम्पेनभरि आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सकिनेछ ।


