आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले इशान हस्पिटलबाट नगद रहित सेवा लिन पाउने |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड ओमेन्स हस्पिटल प्रा. लि.बिच सेवा प्रदान गर्ने सहमति भएको छ । उक्त सहमतिमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशान हस्पिटलका हस्पिटल डाइरेक्टर श्री राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् ।

