राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा प्रति व्यक्ति १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ । बुधबार बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्दै विभिन्न शीर्षकमा सहुलियतपूर्ण लघु वित्त तथा विपन्न वर्ग कर्जा उपलब्धताको घोषणा गरेको हो ।

