ट्रुकेयरद्वारा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर सञ्चालनमा |
एकान्तकुना, ललितपुर । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तराष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ । विभिन्न आमन्त्रित अतिथीहरुको उपस्थितिमा सो स्टोरको उद्घाटन गरिएको छ । स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले गरेकी हुन ।

