मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई केन्द्रित गरी आयोजना भएको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमका दौरान महिला उद्यामीहरुलाई सम्मानित गरिएको हो ।

